Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
April 17, 2023 समाज

मलेसियामा खुट्टा भाँचियो, घर फर्कन पासपोर्ट छैन

By साझासवाल

बैशाख ४, काठमाडौँ | मोरङको रतुवामाई नगरपालिका– ५ का २६ वर्षीय धर्मसिंह ताजपुरिया वैदेशिक रोजगारीका लागि मलेसिया पुगेको तीन वर्ष दुई महिना भयो ।

प्लाई उद्योगमा काम गर्न मलेसिया गएका उनी १५ महिनाअघि नै घर फर्कन चाहन्थे । तर अहिलेसम्म फर्कन पाएका छैनन् ।

पछिल्लो तीन सातायता उनी थला परेका छन् । ‘अहिले देब्रो खुट्टा भााचिएको छ, काममा जान सक्दिनँ,’ टेलिफोन सम्पर्कमा उनले भने, ‘घर फर्कन खोजेको १५ महिना भयो, तर कम्पनीले पठाउँदैन्, दूतावासले सुन्दैन ।’

एमभीपी प्लाई उद्योगमा काम गर्दै गर्दा फलामले लागेर उनको देब्रे खुट्टा भााचिएको छ । खुट्टा भाँचिएका कारण काममा जान नपाएका उनी साथमा पासपोर्ट नभएका कारण घर पनि फर्कन पाएका छैनन् ।

‘कम्पनीले घर पठाउँछु भन्दा भन्दै भिषा सकिएको १५ महिनासम्म काममा राख्यो तर पठाएन्,’ उनले भने, ‘घर जानका लागि दूतावासमा सहयोग माग्दा कसैले सुनेनन् ।’

उनको पासपोर्ट मलेसियन प्रहरीसँग छ । भिषा अवधि सकिएपछि कम्पनीले फर्काउन खोज्दा मलेसियाको प्रहरीले पासपोर्ट जफत गरिदिएको उनले बताए ।

घाइते अवस्थामा अहिले गैरकानुनी रुपमा बस्नु परेको उनले बताए । गैरकानुनी रुपमा बसेका कारण जुनसुकै बेला प्रहरीले समात्न सक्छ । घर आउन नपाएपछि उनी लुकेर बसिरहेका छन् ।

कम्पनीमा काम गर्दा उनले मासिक एक हजार ५०० मलेसियन रिंगेट पारिश्रमिक पाउँदै आएका थिए । ‘अहिले काम गर्न सक्दिन कोठामा बसिरहनु परेको छ,’ उनले भने, ‘एउटा कोठामा १८ जना बस्छौं ।’

कम्पनीमा घर फिर्तीका लागि कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको उनले बताए । ‘म घर जान्छु भन्दा पनि पाएको छैन,’ ताजपुरियाले भने, ‘मलाईं घर फर्कने वातावरण बनाइदिनुहोस् ।’