२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ सवारीसाधन कारबाहीमा

२०८०, १४ बैशाख बिहीबार ०८:०६

वैशाख १४, काठमाडौँ | काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो । काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस,  दुई पिकअप भ्यान र  ट्रक एक गरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

 उहाँका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो । कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित