जेठ २१, काठमाडौँ | सरकारले भाडाका तथा सार्वजनिक सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि गरेको छ।

आर्थिक विधेयक, २०८० बाट विभिन्न ऐनमा भएको संसोधन तथा परिमार्जन गर्दै भाडाका सवारीसाधनको नविकरण शुल्क जारी गरिएको हो। नविकरण शुल्क पाँचसयदेखि 3 हजार रूपैयाँले बढेको छ।

कार, जिप, भ्यान र माइक्रो बसले कति तिर्नु पर्ने :

अहिले १३०० सीसीसम्म सबारी साधनले ५,५०० रूपैयाँ तिर्नु पर्ने, १३००१ देखि २००० सम्मको सबारी साधनले ६००० रूपैयाँ, २००१ देखि २९०० सम्मको सबारी साधनले ६ ,५०० रूपैयाँ, २९०१ देखि ४००० सम्मको सबारी साधनले८००० रूपैयाँ र ४००१ देखि माथिको सबारी साधनले ९००० रूपैयाँ नविकरण शुल्क तिर्नु पर्ने छ |

यसअघि क्रमश ४०००, ४,५००, ५०००, ६,००० र ७,००० शुल्क थियो।

मिनी ट्रक, मिनी बस र पानी ट्याङ्कर ८ हजारर रूपैयाँ पुर्याइएको छ। यसअघि ६ हजार थियो।

ट्रक बसको ८ हजारबाट बढाएर १० हजार ५ सय पुर्याइएको छ भने अटो रिक्सा र टेक्टरको २ हजारबाट बढाएर २५ सय पुर्याइएको छ।

डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता मेशिनरी उपकरणमा वार्षिक नविकरण शुल्क १२ हजार रहेकोमा १५ हजार ५ सय पुर्याइएको छ।

सवारी साधानको नविकरण शुल्कमा उल्लेख्य वृद्धि, कुन गाडीले कति तिर्ने?