Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 6, 2023 समाज

कैलालीको जंगलमा गाडेको अवस्थामा महिलाको शव भेटियो

By साझासवाल

जेठ २३, कैलाली । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उनकाअनुसार महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।