Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 19, 2023 समाज

जापान पठाइदिन्छु भन्दै लाखौँ ठगी आरोपमा सुनबहादुर फेरी पक्राउ

By साझासवाल

असार ४, काठमाडौँ | नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडानम्बर १ का पूर्व वडाध्यक्ष सुनबहादुर तामाङ फेरि पक्राउ परेका छन् । यसअघि चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेर उच्च अदालतबाट सफाइ पाएका उनी यो पटक जापान पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । तामाङले हिरादेवी थापालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु, त्यहाँ मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने कृषि क्षेत्रमा काम लगाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

तामाङलाई वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पक्राउ गरेको थियो । तामाङलाई पक्राउ गरी विभागको कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।