असार १०, काठमाडौँ | धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप भएको छ । आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको गाउँसभामा सहभागी एक जनप्रितिनिधिले बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेको थियो । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए । त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि पनि सामान्य घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष रामसिंह तामाङ पनि सामान्य घाइते भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि गाउँसभा पुन: सुरु भएको छ ।

रुवी भ्याली गाउँपालिकामा माओवादीका रामसिङ तामाङ अध्यक्ष र नेपाली कांग्रेसकी फेलामा तामाङ उपाध्यक्ष छन् । यसअघि २०७४ को स्थानीय तह चुनावमा भने यहाँ राप्रपाका उम्मेदवार निर्वाचित भएका थिए ।

धादिङको रुवीभ्याली गाउँपालिकाको गाउँसभाको क्रममा झडप