Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 28, 2023 समाज

अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने

By साझासवाल

<p><b>असार १३, काठमाडौँ |</b> गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ ।&nbsp;<br></p><p>जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् ।</p><p>यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन ।&nbsp;</p>