Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 15, 2023 समाज

झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लगेर महिलाको मृत्यु

By साझासवाल

<p><b>असार ३०, झापा | </b>झापामा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लगेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका १ की ५५ वर्षीय सिला बुढाथोकी रहेकी जिल्ला प्रहरी कार्यालय झापाले बताए ।<br></p><p>खेतमा काम गरेर घर फर्किएलगत्तै चार्जमा रहेको मोबाइलमा फोन आएपछि बुढाथोकीले फोन उठाएकी थिइन् । सोही क्रममा अचानक फोनबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।</p>