Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
July 31, 2023 समाज

नाबालिगको बलात्कारपछि हत्या गर्ने २० वर्षपछि पक्राउ

By साझासवाल

साउन १५, काठमाडौँ | ५ वर्षीया नाबालिगको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा–११ बस्ने सोमबहादुर राई रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार २५ वर्षको उमेरमा हुँदा राईले नाबालिगलाई बलात्कार गरेर हत्या गरेका थिए । नाबालिगको शव हेटौँडा–१० राप्ती खोलामा ढुंगाले च्यापिएको अवस्थामा २०६० साल असोज १९ गते फेला परेको थियो ।

घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले शनिबार ललितपुरको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरेको थियो ।

राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको छ ।