Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 9, 2023 समाज

कारागारमा कैदीबन्दी बीच कुटाकुट हुँदा २ जनाको मृत्यु

By साझासवाल

<p><b>साउन २४, संखुवासभा | </b>जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो ।&nbsp;<br></p><p>कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।</p><p>नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।</p>