Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 10, 2023 समाज

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

By साझासवाल

<p><b>साउन २५, बागलुङ | </b>बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।&nbsp;<br></p><p>गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।</p><p>बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।&nbsp;</p>