Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 11, 2023 समाज

बाँदर लखेट्न जाँदा आफैँले बाेकेकाे बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाकाे ज्यान गयाे

By साझासवाल

साउन २६, अर्घाखाँची | आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा एक जनाकाे ज्यान गएको छ ।

बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयाे । आज बिहान सवा ११ बजेतिर आफैँले बाेकेकाे बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।

भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद घिमिरेले बताउनुभयाे ।