Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 17, 2023 समाज

पहाडी क्षेत्रका विमानस्थलमा उडान सुरक्षित बनाउन प्राधिकरणको ४ बुँदे निर्णय

By साझासवाल

साउन ३२,  काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित बनाउन ४ बुँदे निर्णय गरेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहीबार जारी गरेको विज्ञप्तिमा पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एण्ड ल्याण्डिङ (एसटीओएल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी सो क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीयता कायम गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको उल्लेख छ ।

जसअनुसार एसटीओएल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था  सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषण पश्चात् मात्र उडान अनुमति प्रदान गरिनेछ ।

यसैगरी एसटीओएल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सीएआर (२) मा भएको मापदण्डको सुनिश्चितता पश्चात् पीआईसी सम्पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

यसैगरी नेपालगन्ज विमानस्थलबाट एसटीओएल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगंज विमानस्थलमा अनिवार्य फ्लाइट अपरेशन अफिसरको  व्यवस्था गर्नुपर्ने तथा फ्लाइट अपरेशन सम्बन्धि सम्पूर्ण कार्य सोही अफिसर मार्फत गर्नुपर्ने निर्णय भएको छ ।

पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण एसटीओएल विमानस्थलहरुको संचालन समय पुनरावलोकन

गर्ने तथा इनरुट वेदरको उपलब्धतता बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको

संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको पनि भुलले बताए ।