Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 25, 2023 समाज

नक्कली सुन देखाएर लाखौं ठगेको आरोपमा युवती पक्राउ

By साझासवाल

भदौ ८, काठमाडौँ | नक्कली सुनका गहना राखेर ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसीलाई प्रहरीले नक्कली गहनासहित पक्राउ गरेको हो ।

गत वर्षको साउनदेखि पटक–पटक गरी स्थानीय सूर्यबहादुर खड्कासँग नक्कली गहना राखेर ऋण माग्दै गरेको प्रहरीले जनाएको छ । गत वर्ष १८ लाख रुपैयाँ ऋण दिएकोमा उक्त रकम फिर्ता नगरी पुनः २ लाख माग्न आएपछि खड्काले आफूलाई राख्न दिएको सुन जाँच गर्दा नक्कली सुन भन्ने पत्ता लागेको हो ।

नक्कली सुनमा ठगिएपछि खड्काले प्रहरीमा उजुरी गरेका थिए । उजुरीको अधारमा प्रहरीले केसीलाई पक्राउ गरेको छ । भदौ ६ गते पक्राउ परेकी केसीलाई थप अनुसन्धान गर्नका लागि जिल्ला अदालतले बिहीबार ४ दिन म्याद थपिदिएको छ ।

म्याद थपिएपछि केसीविरुद्ध अनुसन्धानको काम अगाडि बढेको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । केसीविरुद्ध प्रहरीले ठगी कसुरमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।