<p><b>भदौ ८, काठमाडौँ | </b>काठमाडौं महानगरपालिकाले काठमाडौंको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा रहेकाे कोकाकोला प्याक्ट्रीमा अनुगमन गर्दैछ ।<br></p><p>महानगरको गुणस्तरपरीक्षण विभागको टोली कोकाकोलाको प्याक्ट्रीमा अनुगमन गर्न गएको हो । ढुसी परेको कोकाकोला भेटिएपछि महानगरले अनुगमन गर्न लागेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।</p><p>‘बजारबाट अखाद्य बस्तु मिसिएको कोकाकोला फेला परेपछि अनुगमनमा टोली गइसकेको छ । के रहेछ हामी बुझछौं । ’ उनले भने । महानगरको टोलीलाई गुनासो आएपछि खाद्य परीक्षणको टोली अनुगमनमा पठाएको हो ।</p>
ढुसी परेको कोकाकोला भेटिएपछि अनुगमनमा जाँदै महानगर