Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
August 27, 2023 समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

By साझासवाल

भदौ १०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।

यसअघि साउन ३२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति फरक फरक (२०३५ र २०३३) रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।