२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा पर्दैछ- डा. बाबुराम भट्टराई

२०८०, ११ भाद्र सोमबार ०६:२९

भदौ ११, काठमाडौँ | नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा पर्दै गएको विश्लेषण गरेका छन्।

नेपाल त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच एकताबद्ध हुनुपर्ने बेलामा सत्ता केन्द्रित भएको आरोप लगाए।

‘देश आन्तरिक रूपमा पूँजी र श्रम दुवै पलायन भइरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू-सामरिक भुमरीमा पर्दै गएको बेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो’ उनले ट्विटरमा लेखेका छन् ।

चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति/शक्तिहरूको सत्ताको लुछाचुँडीले संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको उनको बुझाइ छ।

संघ र प्रदेश १ लगायतमा भइरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्ता लुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भइरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति/दल/गुटका आ-आफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी/दलाली त्यसका भद्दा नमूना भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ ! रणबहादुर र जङ्गबहादुरहरू त आउँछन्, जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना