Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
September 6, 2023 समाज

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपाल र युएई बीचको खेल रद्द

By साझासवाल

भदौ २०, काठमाडौँ | मलेसियामा भइरहेको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा तय खेलअघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो ।

खेल नभएपछि दुवै टोलीले एक-एक अंक पाएका छन् । यसअघि समूह ‘ए’ मा लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल र युएईले समान ९ अंक जोडे । तर नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा नेपाल समूह उपविजेता बन्यो ।

अब नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ ।

समूह ‘बी’ बाट थाइल्याण्ड र हङकङ सेमिफाइनल पुगेका छन् । आजै यस समूहका हङकङ र थाइल्याण्ड तथा कुवेत र म्यानमारबीच खेल हुँदैछ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

३ खेल जितेको हङकङ ६ अंकसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहिन भएपछि थाइल्याण्ड ५ अंकसहित दोस्रोमा छ ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टिम महिला टी-२० विश्वकपको लागि ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।