२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चौधरी ग्रुप र अदानी ग्रुपबीच साझेदारी : नेपाली सिमेन्ट भारतमा निर्यात गर्ने

२०८०, २१ भाद्र बिहीबार १०:४७

भदौ २१, काठमाडौँ | नेपालको व्यवसायिक घराना चौधरी ग्रुप र भारतको व्यवसायिक घराना अदानी ग्रुपबीच सिमेन्ट व्यवसायको अभिवृद्धिका लागि रणनीतिक साझेदारी हुने भएको छ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्टमा नयाँ शुरुवात गरेका हुन्।

चौधरी ग्रुपका अनुसार नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले समझदारी गरिएको  छ।


चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्तगर्दै यो सहमतिदुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताए।

‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ प्रवन्ध निर्देशक चौधरीले  भने।

नेपालमा भएको  सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडी बढ्ने भएका छन।

साझा मूल्य मान्यता र आकांक्षा प्रतिबिम्बितगर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छन्।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे।

उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्व दिई भूमिका खेलेको बताए।

 हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा  गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले सहयोग गरेका थिए।   

अदानीग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने छ।

चौधरी ग्रुपले नेपालमा एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरुमाबलियो उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना