असोज २, कपिलवस्तु | ६० वर्षीय आफ्नै बुवा बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए । एक दिनअघि बुबाले छोरालाई कुटपिट गरेका थिए । बुबा छोराबीच विगतमा पनि झगडा हुँदै आएको प्रहरीले बताए ।

बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो ।

चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या गर्ने युवक पक्राउ