२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिहानैदेखि इन्द्रदहमा भक्तजनको घुइँचो

२०८०, १२ आश्विन शुक्रबार ०३:१९

असोज १२, भादगाउँ | भाद्र शुल्क पूर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल इन्द्रदह (सिद्धपोखरी) बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

इन्द्रजात्राको दिन राति खौमास्थित इन्द्रायणी देवीलाई विभिन्न बाजागाजासहित इन्द्रदह पु-याएर तान्त्रिक विधिपूर्वक पूजा र भोगवली चढाउन रातभर त्यही राख्ने परम्परा रहेको छ । सोहीअनुसार  बिहीबार राति इन्द्रायणी देवीलाई इन्द्रदह पु-याएको थियो । इन्द्रदहमा नुहाएर इन्द्रायणी देवीको दर्शन गर्ने आज भक्तजनको भीड लागेको हो ।

देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रुपमा लिने भएकाले स्थानीयले यसलाई इन्द्रदहको रुपमा समेत लिने गरेको छ । इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।

इन्द्रदहमा वासुकी नागको बसोबाससमेत रहेको विश्वास गरिन्छ । त्यसैले अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन छ । 

इन्द्रदह परिसरमा लिच्छविकालिनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रही आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना