Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
October 6, 2023 समाज

अश्लील डान्सर बद्री बिष्ट रेस्टुरेन्टभित्र मोडलबाटै पिटिए !

By साझासवाल

असोज १९, काठमाडौँ | अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफर/डान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए ।

केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित गरेको डान्सको भिडिओ टिकटकमा भाइरल भएको थियो । उनले रीतुको अनुहारमा मास्क लगाइदिएर उक्त भिडियो सुट गरेका थिए । रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ लठ्ठ बनाएर बद्रीले त्यो भिडियो बनाएको आरोप लगाएकी थिइन् । पछि बद्रीले उक्त भिडिओका लागि माफी मागे ।

अहिले सार्वजनिक भएको भिडियो क्लीपमा एक रेस्टुरेन्टभित्र बसिरहेका बद्रीलाई रीतुले थर्काउँदै पिटेको देख्न सकिन्छ ।

‘उसले गर्दा मेरो घर फेमिली कोही पनि अहिले मसित बोल्दैन’, घटनास्थलमा रहेका व्यक्तिहरुसँग रीतुले भनेकी छन् । त्यसपछि उनले ‘के गर्‍या तपाईंले भन्नू’ भन्दै बद्रीको कपाल लुछेर बङ कि बङ झापड लगाएको देखिएको छ । बद्री कुनै प्रतिकार गर्दैनन् । रेस्टुरेन्टका कर्मचारीहरुले रीतुलाई रोक्छन् र बाहिर जान आग्रह गर्छन् । रीतुले ‘पुलिस आइसक्यो’ भनेको सुनिन्छ ।

फेसबुकमा सार्वजनिक भएको ५५ सेकेन्डको भिडिओमा घटनाको वास्तविकता खुलेको छैन । तीन महिना अगाडि दिएको एउटा अन्तर्वार्तामा रीतुले आफूलाई बद्रीले दुरुपयोग गरेको बताएकी थिइन् । बद्रीसँग डान्स सिक्न जाँदा उनले आफूलाई रक्सी खुवाएर अश्लील हर्कत गरेको रीतुको आरोप थियो ।

‘डान्स क्लास सकिएर घर जान लाग्दा बद्रीले मलाई रोकेर जबरजस्ती बियर खुवायो । म मदहोश भएपछि कुर्सीमा राखेर के के गरेको भिडियो बनाएछ । मलाई केही पनि थाहा भएन । पछि भिडिओ बाहिर आएपछि मात्रै थाहा पाएको हो’, रीतुले भनेकी छन् ।

उनले पछि यो भिडिओलाई लिएर बद्रीविरुद्ध उजुरीसमेत गरेकी थिइन् । तर, बद्रीले माफी मागेर विवाद सेटल गरेका थिए । अहिले आएर फेरि बद्रीविरुद्ध रीतु जाइलागेकी छन् ।

बद्री यसअघि अर्की मोडल एलिसा शर्मासँगको विवादमा पक्राउ परेका थिए । आफूलाई सामाजिक सञ्जालबाट तथानाम गाली गरेपछि एलिसाले बद्रीमाथि साइबर क्राइममा उजुरी गरेकी थिइन् । २४ घन्टा हिरासत बसेपछि एलिसा र उनकी आमा गएर मिलापत्र गरेका थिए ।