आसोज २०, बारा | बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल ग्यारेजमा काम गर्ने मिस्त्री कोल्हबी नगरपालिका-३ जुगवाका २० वर्षीय दिनेश चौधरी रहेका छन् ।

निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो ।

बसले ठक्कर दिएपछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इरिक्सामा ठोक्किन गई भएको दुर्घटनामा मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक सिरहा-१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

बारामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु