२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेनुकाको प्रस्तुतिपछि महेश भावविह्वल देखिए महेश भट्ट

२०८०, १९ कार्तिक आईतवार ११:४९

कात्तिक १९, काठमाडौँ | इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए ।

पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।


महेशका लागि यो गीत र फिल्म किन पनि विशेष छ भने यो फिल्म महेशकी आमा सिरिन मोहम्मद अलीको जीवनमा आधारित छ । फिल्ममा महेशकै छोरी पूजा भट्टले आमाको भूमिका निर्वाह गरेकी छन् ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए । प्रस्तुतिपछि स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे ।

‘मेरो जिन्दगीको आफ्नो कथा यसमा कैद छ । हामीले यो फिल्ममा त्यो हिन्दुस्तान चित्रण गरेका छौं, जसले मिलिजुली बस्नुपर्छ भन्ने कुराको सेलिब्रेसन गर्छ । मलाई आज यकिन भएको छ कि एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईंले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन,’ मेनुकाको प्रस्तुतिको प्रशंसा गर्दै महेशले भने ।

जज श्रेया घोषालले मेनुकाले गाएको गीतको अन्तरालमा गहिराइ रहेको बताइन् । नेपाली गायिका पौडेलले यतिबेला इण्डियन आइडलको अन्तिम १५ मा प्रतिस्पर्धा गरिरहेकी छन् । सुरुदेखि नै उनको प्रस्तुतिले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । सुरुमै उनले गोल्डेन माइक समेत जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय