मङ्सिर ७, काठमाडौँ | नस्ल सुधारका लागि भारतबाट नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा आजलाई पोखरा र लहान पठाउने तयारी भएको छ । मुर्रा राँगा कृत्रिम गर्भाधानका लागि पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालजन्ग र लहान ) पठाउने तयारी भएको हो ।

नस्ल सुधारका लागि ल्याइएको उन्नत जातको राँगा नेपालगन्जस्थित पशु होल्डिङ सेन्टरमा राखिएको छ । स्वास्थ्य परीक्षण प्रक्रिया पूरा गरेर ती तीन प्रजनन केन्द्र आजै सारिने छ ।

पोखरा केन्द्रमा सात वटा राँगा र लहानमा पाँच वटा राँगा पठाइने छ । नेपालगन्जमा प्रजनन केन्द्रमा तीन वटा राँगा राखिने नेपालगन्जस्थित पशु क्वारेनटाइन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णले बताए ।

उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याइएको हो । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य सङ्कलन र संरक्षण गरिने छ । मुर्रा जातको नस्ल सुधारका लागि ल्याएको राँगाको वीर्यबाट वार्षिक रूपमा ४० हजार पाडापाडी उत्पादन हुने छ । उनका अनुसार वार्षिक रूपमा एक राँगाबाट २० देखि २५ हजार वीर्य सङ्कलन गरिने छ ।

भारतबाट ल्याइएको मुर्रा यी तीन ठाउँमा राखिने