मङ्सिर ११, काठमाडौं | पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ । महानगरले सोमबार ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।

महानगरले गरेको अनुगमनका क्रममा ए. एण्ड वि वेमरेज इन्ड्रस्टिजद्वारा प्याकेजिङ पानीको बोतलमा किरा भेटिएको हो ।

उक्त जरिवाना सात दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ । सो समयभित्र जरिवाना रकम नबुझाए थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरले तिरायो एक लाख रुपैयाँ जरिवाना