Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
November 29, 2023 समाज

घुस मागेको भन्दै इन्जिनियरमाथि कुटपिट, प्रहरीमा उजुरीपछि आन्दोलन

By साझासवाल

मङ्सिर १३, कञ्चनपुर  | एक निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीविरुद्ध लालझाडीका स्थानीयले आन्दोलन गरेका छन्।

निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने गरेको गम्भिर आरोप लगाउँदै लालझाडीका केही स्थानीयले बुधबार गाउँपालिका कार्यालय पुगेर नाराबाजी गरेका हुन्। सोमबार इन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीमबहादुर रानाको समूहले कुटपिट गरेको थियो। मंगलबार इन्जिनियर अवस्थीले ठेकेदार रानासहित चारजनाविरुद्ध प्रहरीमा उजुरी दिएपछि बुधबार स्थानीयले उनीविरुद्ध विरोध प्रर्दशन गरेका हुन्।

प्रदर्शनमा सहभागी अधिकांश निर्माण व्यवसायी रानानिकट र उनका आफन्तहरु भएको बताइएको छ। सोमबार इन्जिनियरमाथि भएको हातपातको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको उनीहरुको जिकिर छ।

घुस माग्दा नदिएपछि इन्जिनियरले सताएका र ठेकेदार भीम राना समूहले सामान्य धकेलाधकेल मात्रै गरेको विषयमा निर्दोषलाई फसाउन खोजिएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ।

ठेकेदार भीमबहादुर रानाले इन्जिनियर रामप्रसाद अवस्थीले हरेक योजनामा उपभोक्ता र निर्माण व्यवसायीबाट पैसा माग्ने र नदिनेको काम नगर्ने गरेकाले आन्दोलन गरेको दाबी गरे।

तर, इन्जिनियर अवस्थीले पनि आफूले कुनैपनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको बताउँदै आरोप अस्विकार गरेका छन्। ठेकेदारले नै उक्साएर पठाएका व्यक्तिहरुले आफ्नो बदनाम गर्न दुष्प्रचार गरिरहेको उनको जिकिर छ। आफूमाथि कुटपिट गर्ने गिरोहले नै केही मान्छेलाई उक्साएर आन्दोलन गर्न पठाएको उनको भनाइ छ।

यता, लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले इन्जिनियरमाथि कुटपिट गरेको प्रकरणमा दुवै पक्षसँग बुझेर अघि बढ्ने बताउँदै कार्यालयबाट नियमित कामकाज नरोकिने विश्वास व्यक्त गरे।