२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गठबन्धन पूरै अवधि जान्छ, कुनै आशंका गर्न जरुरी छैन : प्रधानमन्त्री

२०८०, १९ पुष बिहीबार ११:२८

पुस १८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन पूरै अवधि जाने दाबी गर्दै त्यसप्रति कुनै ‘इफ’ र ‘बट’ नसोच्न आग्रह गरेका छन्। उनले त्यसप्रति कुनै आशंका गर्न जरुरी नभएको पनि बताएका छन्। बिहीबार रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले गठबन्धन सानो दुःख र सानो संघर्षले नबनेको पनि स्मरण गरे।

‘सदन सुचारु गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरू, खासगरी संक्रमणकालीन न्यायसँग कामहरूलाई सहज रुपले अगाडि बढाउन सत्ता पक्ष र प्रतिपक्षका बीचमा हुनसक्ने समझदारी होस् भन्ने कुरा त हामीले सुरुदेखि नै चाहेका छौं’, उनले भने।


उनले सदन सञ्चालन गर्न सजिलो होस् र विधेयकहरू अगाडि बढाउन सजिलो होस् भन्ने अभिप्रायले प्रचलनविपरीत एमालेलाई लेखा समितिको सभापतिको अतिरिक्त अन्य समितिको सभापति पनि दिइएको बताए।

¯केही महिनाअगाडि हामीले संघीय संसद्‌मा समिति गठन गर्दैगर्दा हामीले प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो। प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समितिको सभापति दिने प्रचलन थियो, लेखा समिति। तर हामीले सदन सुचारु गर्न सजिलो होस्, विधेयकहरू अगाडि बढाउन सजिलो होस् भनेर यो पटक लेखासहित तीन वटा समितिको सभापति नेकपा एमालेलाई दिने समझदारी गर्‍यौं र दियौं’, उनले भने।

त्यसरी एमालेलाई सभापति दिइनुको अर्थ गठबन्धनमा कुनै किसिमको आँच पुर्यायउन नभएको उनको भनाइ छ।

पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई  पनि केही सिट जिताउने गरी गठबन्धनभित्र छलफल भइरहेको छ। सत्ता गठबन्धनका दलहरूले मात्रै तालमेल गरेमा निर्वाचन हुने १९ वटै सिट उनीहरूले नै जित्ने सम्भावना छ। तर संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सघाउने शर्तसहित एमालेलाई समेट्ने तयारी कांग्रेस र माओवादी केन्द्रको छ। यद्यपि, यस विषयमा छलफल जारी छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु