२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अर्काको घरमा आगो लगाएर भागेका प्रेम पाँच महिनापछि पक्राउ

२०८०, १२ माघ शुक्रबार १०:१२

माघ १२, काठमाडौं | जिल्ला प्रहरी कार्यालयले अर्काको घरमा आगो लगाएर फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी घर भइ हाल बाग्लुङ नगरपालिका वडा नं. ३ गहते बस्दै आएका ५९ वर्षका प्रेमबहादुर विक (प्रतेल) रहेका छन् ।

प्रहरीका अनुसार विकले गत असोज ११ गते बाग्लुङ नगरपालिका वडा नं. ७ का रमेशराज पाण्डेको घरमा आगो लगाइदिएका थिए । आगलागीका कारण पाण्डेको घरमा रहेका सबै सामग्री, नगद, गरगहना र परालको टौवासमेत जलेर नष्ट भएको थियो । सो आगलागीमा १९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसपछि विक फरार भएका थिए । उनको खोजी गर्ने क्रममा रुपन्देहीमा रहेको सूचना पाएपछि रुपन्देही प्रहरीको समन्वयमा पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

विकविरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह