Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 28, 2024 समाज

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा देखिदै ओली

By साझासवाल

माघ १४, काठमाडौँ | एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् । चलचित्रमा ओलीलाई पनि देख्न सकिने शुभमुहूर्तमा जानकारी दिइयो ।

ओलीले निर्माता रमित ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त गरे ।

ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

केही समयअघि मात्रै ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितहरूलाई भेला गरेर विशेष कार्यक्रम गरेका थिए ।