Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 28, 2024 समाज

निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल

By साझासवाल

<p><b>माघ १४, काठमाडौँ |</b> सत्ता साझेदार दल&nbsp; नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।&nbsp;</p><p>आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल भए पनि राजनीतिक अस्थिरता अन्त्य हुन भने नसकेको बताएका हुन् । निर्वाचनपछि देशमा राजनीतिक अस्थिरता कायमै रहेको बताउँदै उनले देशको राजनीतिमा अस्थिरताका बादल मडारिरहेको बताए ।&nbsp;</p><p>देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ ।&nbsp;</p>