Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 29, 2024 समाज

ड्युटीमा रहेका दुई प्रहरी जवानमाथि कुटपिट

By साझासवाल

माघ १५, रुकुम पश्चिम | रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी जवानमाथि कुटपिट हुँदा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो ।

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेको समयमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका एक प्रहरीले जानकारी दिए ।

प्रहरी जवानलाई कुटपिट गर्ने बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका-३ का २७ वर्षीय गोविन्द विक, वडा नम्बर-४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२/१३ जनाको समूह रहेको प्रहरीले बताए ।

उनीहरूले सामान्य विवादका कारण कुटपिट गरेको उनको भनाइ छ । घटनास्थलमा पुगेर सम्झाई-बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेको प्रहरीले बताए ।

कुटपिटबाट घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ । अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीमाथि कुटपिट गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिए ।