Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 30, 2024 समाज

ललितपुरका पूर्व मालपोत अधिकृत भट्टराईले ४ करोड बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

By साझासवाल

माघ १६, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल मधेश प्रदेश सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत आठौँ तहका शाखा अधिकृत मिनबहादुर भट्टराईविरुद्ध करिब साढे ४ करोड अकुत सम्पत्ती आर्जन गरेको आरोपमा मंगलबार अभियोग पत्र दायर गरेको छ ।

विशेष अदालतमा दायर गरिएको मुद्दामा भट्टराईले ४ करोड ४० लाख १५ हजार ९ सय २५ रुपैयाँ ८६ पैसा अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिगो माग गरिएको छ । भट्टराई ललितपुरका पूर्व मालपोत अधिकृत हुन् ।

२०५४ साउन २६ गते सरकारी सेवामा प्रवेश गरेका भट्टराईले २०७९ जेठ ३० गतेसम्म गरेको आम्दानी र खर्चको अनुसन्धान गर्दा अख्तियारले उक्त निष्कर्ष निकालेको हो । सम्पत्ति जफत प्रयोजनका लागि भट्टराईकी कान्छी श्रीमती झुना कुमारी कठेतलाई पनि प्रतिवादी बनाइएको छ ।

२५ वर्षको अवधिमा भट्टराईको वैध आय ५ करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिएपनि उनले यो अवधिमा १० करोड २३ लाख ९२ हजार २ सय ८८ रुपैयाँ १५ पैसा कमाएको देखिएको अख्तियारको दाबी छ ।