माघ २०, काठमाडौं | आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ ।

महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू हुनेगरि जिम्मेवारी दिएको अर्थ मन्त्रालय सचिवालयले जनाएको छ ।

यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय पठाइएको छ ।

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई