Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 11, 2024 समाज

त्रिवि मैदानमा सन्दीपकाे समर्थनमा हुटिङ गरेका विप्लव चार दिनदेखि प्रहरी हिरासतमा

By साझासवाल

माघ २८, काठमाडौँ | नेपाल र क्यानडाबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल हेर्न गएका एक दर्शक अभद्र व्यवहारको कसुरमा प्रहरी हिरासतमा पुगेका छन्।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले विप्लव खड्कासहित ५ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये ४ जनालाई तारेखमा छाडिएको थियो भने विप्लवलाई अभद्र व्यवहारको कसुरमा म्याद थपेर हिरासतमा राखिएको छ।

खेलको पहिलो इनिङ चलिरहेका बेला विप्लव नेतृत्वको टोलीले सन्दीप लामिछानेलाई न्याय चाहियो भन्दै नाराबाजी गरेका थिए।

त्यस क्रममा उनीहरूले मैदानमा बोतल फ्याँकेको उनीमाथि आरोप छ। नेपाल क्रिकेट संघ-क्यानका पदाधिकारीविरुद्ध अश्लील शब्दमा गालीगलौजसहित नाराबाजी गरे पनि सुरुमा सम्झाइ बुझाई गरेर छाडिएको प्रहरी अधिकारी बताउँछन्।

‘त्यति गर्दा पनि हामीले सम्झाई बुझाई गरेर राम्रोसँग खेल हेर्न भनेका थियौँ। तर विप्लवले फेरी युवाहरूको बुई चढ्दै नाराबाजी गरेर मिडिया बक्स नजिकै पुगेर त्यहाँ लगाइएको जालीमा लात्तीले हाने। फेरि ग्राउन्डमा बोतल प्रहार भयो। हामीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात भयो’, महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख राजु लामाले भने।

उनले सन्दीपको पक्षमा नाराबाजी लगाएकै कारणले विप्लवलाई नियन्त्रणमा नलिइएको बताए।

पक्राउ परेका विप्लव यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपशब्दसहित कालो झन्डा देखाएको आरोपमा पनि नयाँ बानेश्वरबाट पक्राउ परेका थिए। बझाङका १९ वर्षीय उनी आन्दोलन र विरोधका कार्यक्रममा जहाँ पनि पुगेर उछृंखल गतिविधि गर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।