Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 18, 2024 समाज

उर्लाबारी नगरपालिकाकाे पुरस्कार वितरण विवादमा

By साझासवाल

फागुन ६, मोरङ | मोरङको उर्लाबारी नगरपालिकाले ११ औं नगरसभाको अवसरमा उत्कृष्ट करदाता सम्मान प्रदानको प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै पूर्वेली क्रसर उद्योगले विरोध जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी कर तिर्नेहरू मध्येबाट उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र उर्लाबारी–४ निवासी वैजयन्ती मिश्रलाई सम्मान गरेको थियो ।

उर्लाबारी–१ मै सञ्चालनमा रहेको पूर्वेली क्रसर उद्योगले नगरपालिकाको उक्त कदमको विरोध जनाउँदै हचुवाको भरमा निर्णय गरेर व्यवसायीहरुलाई निरुत्साहित गरेको सञ्चालक ध्रुवचन्द्र पराजुलीले बताए । उनका अनुसार पूर्वेलीले नियमित र सबैभन्दा बढी कर तिरेको छ । गत २०७९ भदौ २३ गते ३ लाख, भदौं २९ गते ५८ हजार, २०८० असार १७ गते २ लाख ९० हजार ४ सय ५० रुपियाँ र असार २२ गते ३ लाख ८४ हजार १२ रुपियाँ कर तिरेको पराजुलीले बताए ।

उनले दुई बर्षको अन्तरालमा नियमित र सबैभन्दा बढी कर आफुहरूले तिरेको भए पनि नगरपालिकाले हचुवाको भरमा आफू निकटलाई पुरस्कार दिएको आरोप लगाए ।  ‘करदाताहरुलाई प्रोत्साहन गर्न सम्मान गर्नु स्वागत योग्य काम भएपनि हचुवाको भरमा निर्णय गर्ने काम भएको छ,’ उनले भने 'यस्तो  गलत निर्णय सच्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’

उर्लाबारी नगरपालिका सूचना अधिकारी भरत अधिकारीले सो निर्णय  गलत नभएको बताए ।  अधिकारीले पूर्वेलीले बुझाएको रकम स्टोक प्रमाणितबापतको भएको जानकारी दिए । राजश्व शाखाका अनुसार पूर्वेलीले व्यवसायिक करवापत नगरपालिकालाई आर्थिक वर्ष २०७८/०७९ देखि २०७९/०८०मा ५८ हजार र २०८०/०८१ मा ३६ हजार रुपैयाँ गरी जम्मा ९४ हजार रुपैयाँ  मात्र बुझाएको देखिन्छ ।  नगरपालिकाले पछिल्लो ३ आर्थिक वर्षको कर भुक्तान गरेको विवरण हेरेर उक्त निर्णय गरेको बताएको छ ।

यता सिद्धार्थले आर्थिक वर्ष  २०७८/०७९ मा  ३० हजार, २०७९/०८०मा ३० हजार र २०८०/०८१ मा ३६ हजार गरी जम्मा ९६ हजार रुपियाँ  नियमित रुपमा करबापत बुझाएको देखिन्छ । उत्कृष्ठ व्यावसायि पुरस्कार तथा सम्मान सम्बन्धी विवाद भएपछि स्थानीय उद्योगी ब्यापारीले पुरस्कार तथा सम्मान सम्बन्धी कार्यविधि बनाउन सुझाव दिएका छन् । स्टोक प्रमाणित होस् या नवीकरण वा व्यावसाय कर जुन शीर्षकमा भए पनि सर्वाधिक रकम कसले तिर्‍यो भन्ने हुनुपर्छ । मापदण्ड र कार्यविधि नबनाउने हो भने आफन्तलाई पुरस्कृत गर्ने ‘लुपहोल’ सधैँ रहिरहने व्यावसायिहरू बताउँछन् ।

कार्यविधि नभएपछि नगर प्रमुख गंगाप्रसाद खरेलको एकल निर्णयबाट सिद्धार्थ एग्रिकेटले पुरस्कार प्राप्त गरेको बताइएको छ । नगरपालिकाले कर्मचारीलाई पुरस्कार र सम्मान गर्न पुरस्कार तथा सम्मान सम्बन्धि कार्यविधि बनाएको छ । तर, उद्योगी,ब्यापारीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यविधि बनाएको छैन । कार्यविधि नै नबनाइ हचुवाको भरमा कसैको नजिक हुनका लागि नगरप्रमुख खरेलले सिद्धार्थ एग्रिकेटलाई सम्मान गरेकाछन् । खासगरी पुरस्कार सम्मान बजेट अधिवेशनमा दिने गरिन्छ। अधिकांश विधागत पुरस्कार ,सम्मान सोही समयमा दिने गरिन्छ ।यस अघि उद्योगी,ब्यावसायि र ब्यापारीलाई पुरस्कार ,सम्मान गर्ने चलन थिएन ।मेयर खरेलले ब्याबसायिलाई प्रोत्साहन गर्ने परम्परा सुरु गरेर राम्रो थालनी गरेपनि उनको निर्णय पहिलोपटक नै विवादमा परेको छ ।

एकपछि अर्को विवादित निर्णय गर्दै आउनु भएका खरेलको सिद्धार्थ एग्रिकेटसँग अन्तरङ्ग सम्बन्ध भएको बताइन्छ । पूर्वेली क्रसरका सञ्चालक ध्रुवचन्द्र पराजुलीले पुरस्कार ,सम्मान पाउने भरपर्दो आधार पेश गर्न नगरपालिकालाई चुनौती दिएका छन् । स्टोक प्रमाणितमा होर या ब्यावसायिक कर जुन रकम भए पनि नगरको बैंक खातामा जम्मा भएको रकम हो । यही प्रक्रिया रहने र मापदण्ड नबनाई यस्ता निर्णय गर्ने हो भने आफ्ना मान्छे पुरस्कृत गर्ने बाटो सधैं रहरिहन्छ पराजुलीले भने ।  पराजुलीले पछिल्ला २ वर्ष आफ्नो उद्योगले नियमित रुपमा कर तिर्ने र नवीकरण शुल्क तिरेको दाबी गरे ।