Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 19, 2024 समाज

पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

By साझासवाल

<p><b>फागुन ७, पाल्पा | </b>पाल्पामा टिपर दुर्घटना भएको छ । सोमबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।&nbsp;</p><p>दह खैरेनीबाट पाल्पाको धामिगास्थित चुनढुङ्गा खानीमा जाँदै गरेको लु२ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङमा दुर्घटना भएको छ ।&nbsp;</p><p>दुर्घटनामा चालक र सह–चालकको मृत्यु भएको प्रहरीले जनाएको छ&nbsp; । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी टिपरका सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने १८ वर्षीय मनीष परियार र सोही स्थान बस्ने चालक २४ वर्षीय प्रदीप कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।&nbsp;</p>