फागुन ९, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो ।

हिजो मंगलबारमात्रै शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए ।

पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन् । अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।

सन्दीप मानसिकरूपमा पनि समस्यामै छन् । अदालतकाे फैसलाबाट स्तब्ध बनेका उनी आफूलाई सेल्फ आइसाेलेसनमा राखिरहेका छन् । अस्पताल आउनुअघि घरबाट हम्मेसी बाहिर निस्किएका थिएनन् । क्रिकेट टीमका सदस्यहरूसँग उनकाे सम्पर्क छैन । स्राेतका अनुसार एकाधबाहेक खेलाडीले उनलाई फाेन म्यासेज गरेका छैनन् ।

सन्दीपले गराए लाइपोमाको दोस्रो पटक शल्यक्रिया