२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सम्बन्ध बिग्रेपछि महिलाको गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ

२०८०, १० फाल्गुन बिहीबार ०९:११

फागुन १०, काठमाडौँ | महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् ।

साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थी सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा पीडित महिला र थापाबिच म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको थियो । सम्बन्ध बिग्रिए पछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाई सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने कार्य गरी चरित्र हत्या समेत गरेको अवस्थीको भनाई छ ।

कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले यस ब्यूरोमा दिएको उजुरीमाथिको अनुसन्धान र प्राविधिक विश्लेषणबाट थापाले सो कार्य गरेको खुल्न आएको थियो । विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी उक्त समयमा खोजतलास गर्दा फेला नपरी फरार रहेका थापालाई बुधबार काठमाडौं स्थित गोङ्गबुबाट पक्राउ गरिएको थियो । उनलाई अदालती कारबाहीको लागि सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा