फागुन २१, काठमाडौं | जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ । जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितको गठबन्धन बनाएपछि जनमतको सो शर्त आएको हो ।

साथै जनमतले संघीय सरकारमा पनि राम्रो मन्त्रालय दिनुपर्ने निर्णय गरेको छ ।

गठबन्धनमा सहभागी हुन जनमतको शर्त- मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने