Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 11, 2024 समाज

बझाङमा किशोरी बलात्कृत गरेको आरोपमा एक जना पक्राउ

By साझासवाल

काठमाडौं, २७ फागुन | बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् |

प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेकाे हाे।

फागुन ११ गते दिउँसाे १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ।

गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्की सहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।

किशोरीका परिवारले जाहेरी दिएको केही समयमै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार पक्राउ परेका बाेहरामाथि  जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।