Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 13, 2024 समाज

तारेभिर घटना: जंगलमा दुईवटा हात देखेपछि स्थानीयले गरेका थिए प्रहरीलाई खबर

By साझासवाल

फागुन ३०, काठमाडौँ । हत्या गरेर पुरेको अवस्थामा भेटिएकी १८ वर्षीय सुस्मा लामाको दुईवटा हात बाहिरबाट नै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

फागुन २४ मा साँझ ६ बजेर ४० मिनेटमा प्रहरी प्रभाग गोकर्णमा एउटा खबर आयो– ‘जंगलमा मान्छे पुरेको रहेछ, दुईवटा हात बाहिरबाट नै देखिन्छ ।’

तत्काल प्रहरी प्रभाग गोकर्णबाट घटनास्थलमा प्रहरी खटिए । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिरमा पुगेर प्रहरीले घटनास्थलको सुरक्षा गरे । राति अवेर भएको हुनाले तत्काल उत्खनन नगरेर भोलिपल्ट उत्खनन् गर्दा सो शव गोकर्णेश्वर–३ घर भएर क्याम्पस पढ्ने सुस्मा लामाको पुष्टि भयो । १८ वर्षीया सुस्माकी आमा लुच्ची तामाङले शव छोरीको भएको सनाखत गरिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी भन्छन्– ‘सुस्माकी आमाले शव छोरीको भएको सनाखत गर्नुभएको हो ।’

शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव पुरेको ठाउँ शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हो । हत्यापछि सुस्माको शव खाल्डोमा पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

पारिवारिक स्रोतका अनुसार माघ २२ बाट सुस्मा घर फर्केकी थिइनन् । परिवारले माघ २५ मा खोजतलासका लागी प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए । उनी बिहान क्याम्पस जान भनेर घरबाट निस्केकी हुन् । सुस्मा १२ कक्षामा पढ्थिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अधिकारी भन्छन्–‘अनुसन्धानको सबै विधि प्रयोग गरेर अनुसन्धान गरिरहेका छौँ ।’