२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आप्रवासीले अमेरिकालाई विषाक्त बनाउँछन् : ट्रम्प

२०८०, ६ चैत्र मंगलवार १२:१७

चैत ६, काठमाडौँ | सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रावासीविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आप्रवासीले अमेरिकालाई विषाक्त बनाउने अभिव्यक्ति दिएका हुन् । आप्रवासीहरु मुलुकका लागि निकै घातक रहेको उनको दाबी छ ।

आप्रवासीबारे उनको अभिव्यक्ति उधृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘उनीहरुले मुलुकलाई नै विषाक्त बनाउनेछन् । मुलुक उनीहरुका कारण अप्ठ्यारोमा पर्नेछ ।’

अन्तर्वार्ताकार हावर्ड कर्जले कार्यक्रममा ट्रम्पलाई हिटलर र मुसोलिनिको भाषा बोलिरहनुभएको छ, किन यस्ता विषाक्त शब्दावलीको प्रयोग गरिरहनुभएको हो ? भनेर प्रतिप्रश्न गर्छन् ।  त्यसको जवाफमा ट्रम्पले भनेका छन्, ‘किनभने मुलुक उनीहरुले विषाक्त बनाएका छन् ।’


दक्षिणी सीमाबाट आउने आप्रवासीहरु आपराधिक पृष्ठभूमि र मानसिक समस्यायुक्त रहेको ट्रम्पले आरोप लगाएका छन् । उनीहरु जेल तथा मानसिक सुधार केन्द्रबाट भागेर आएको जिकिर उनको छ । यद्यपि प्राप्त प्रमाणहरुमा ट्रम्पले दावा  गरेझैँ कुनै आप्रवासी नरहेको फेला परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सीमा क्षेत्रका अधिकारीहरुका अनुसार हिंसा तथा गरिबीका कारण उनीहरु अमेरिका छिर्ने प्रयत्नमा रहेको बताएका छन् । तथ्यांकले पनि आप्रवासीहरुका कारण हुने आपराधिक गतिविधिमा कमी आएको देखाएको न्यूयोर्क टाइम्समा उल्लेख छ ।

आपराधिक पृष्ठभूमि तथा मानसिक अवस्था खलबलिएकाहरुलाई नियोजित रुपमा अमेरिका छोडिएको  ट्रम्पले जिकिर गरेका छन् । ‘आप्रवासीबारे हामी राम्रोसँग कुरा गर्न सक्छौं । यद्यपि मानसिक अवस्था खलबलिएका आपराधिक कृत्य गरेर जेल भुक्तानी गरेका र आपराधिक मनोवृत्तिका आप्रवासीहरुलाई अमेरिका भित्र्याइँदैछ’, उनले भने ।

आप्रवासीको बहानामा आतंकारी घुसाइएको अभिव्यक्ति समेत उनले दिएका छन् । दक्षिणी क्षेत्रबाट छिर्नेहरु उच्च आपराधिक मनोवृत्तिका छन् । मानसिक स्वास्थ्य सुधारका संस्था र जेल रित्ताएर अमेरिकामा उनीहरुलाई ल्याइँदैछ । यो क्रम बढ्ने हो भने अमेरिकामा अहिलेसम्मकै ठूलो संख्यामा आतंककारी भित्रनेछन् जुन हामीले यसअघि कहिल्यै देखेका थिएनौँ ।’

अमेरिकामा मुलुकलाई आवश्यक नै नभएका लाखौं मानिस भित्रिएको ट्रम्पको भनाइ छ । ट्रम्पले विश्व शान्तिको पक्षमा रहेकाले इजरायलले तत्काल युद्ध अन्त्य गर्नुपर्ने समेत बताएका छन् ।

‘मध्यपूर्व शान्तिको पक्षमा छ । यो युद्ध तत्कालै अन्त्य हुनैपर्छ । विश्व शान्तिको पक्षमा छ हामीलाई शान्ति चाहिएको छ’, ट्रम्पले भनेका छन् ।

आफू राष्ट्रपति भएको भए यो किसिमको युद्धनै नहुने जिकिर उनले गरेका छन् । अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि पहिलोपटक त्यस मामिलाबारे ट्रम्प बोलेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ