Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 20, 2024 समाज

राप्रपा सांसद लामाले बोल्ने बेला अर्थमन्त्री पुन बाहिर निस्किएपछि…

By साझासवाल

चैत ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनप्रति आपत्ति जनाएकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाएकी हुन्।

सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाइन्। यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले उनी आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर गएको जानकारी दिँदै बोल्न आग्रह गरेकी थिइन्।

तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिइन्। यसैबीच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे। सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताइन्।

त्यसपछि उनले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन आग्रह गरिन्।

सांसद लामाले गरिब महिला उद्यमीहरुका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।