चैत ११, पोखरा | थरीथरीका रङ दलेर रंगिन अनुहार। खुसीले मन्द मुस्कान। पञ्चेबाजाको तालमा उफ्रदै धित नमरुन्जेल नाँच्दै रमाइरहेका पर्यटक। डिजे म्युजिकको तालमा उस्तै जोसिलो ठुम्का।

पहिलो भेटमै पनि एकअर्कालाई रङ दल्दै रङमा घुलिएर आत्मियता साटासाटमा व्यस्त थिए। आइतबार पोखराको लेकसाइडमा रमाइरहेका विदेशी पर्यटकको दृश्यले होली पर्व हर्षोल्लासका साथ मनाएको पुष्टि गर्छ।

पोखरा घुम्न आएका पर्यटकलाई रंगिन पल बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो। रङहरुको पर्वमा झुम्न पाएका पर्यटकले होलीलाई यादगार बनाउँदै मनाएका छन्। नेपाल घुम्न आएको बेला संयोगले होली पर्व मनाउन पाएपछि पर्यटक दंगदास देखिन्थे।

पर्यटक मात्रै होइन, आइतबार पोखरा लेकसाइड पुगेका हरकोहीको मुहार रंगिचंगी थियो। एकअर्कालाई रङ दल्दै विदेशी र नेपाली पर्यटकले लेकसाइडको अम्बोटदेखि खहरेसम्म रमाउँदै पैदलयात्रा गरे।

लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, फुटट्रेक होली मनाउने पर्यटकले भरिभराउ बन्यो। संस्कृति र रितिरिवाज देश, भूगोल र सीमानाभन्दा माथि हुन्छ भन्ने उदाहरण पोखरामा आयोजना हुने होली पर्वको रौनकले देखाउँछ।

रेवान पोखराले वर्षेनी लेकसाइडमा होली उत्सव गर्दै आइरहेको छ। उत्सव नै आयोजना गरिदा होलीको उत्साह साट्ने थलोको पर्यायवाची लेकसाइड क्षेत्र बनको छ। पर्यटन व्यवसायी पनि पर्यटकको चहलपहल बढाउन होली उत्सवले सघाउनेमा एकमत छन्।

नेपाली सँस्कृतिसँग जोडिएको होली पर्व मनाउनै भनेर कतिपय विदेशी पर्यटक लेकसाइड आउने गरेका छन्। तर, होलीमा उच्छृंखल गतिविधि भने बढ्दै गइरहेको देखिन्छ।

होलीको रंगमा झुमे पर्यटक (तस्बिरहरु)