चैत १२, काठमाडौँ | कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनायो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १/१ विकेट लिए ।

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य