Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
March 26, 2024 समाज

ललितपुर ग्याङफाइट : चक्कु प्रहार गर्ने व्यक्ति २ वर्ष जेल बसेका थिए

By साझासवाल

चैत १३, काठमाडौँ | ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न व्यक्ति अपराधिक पृष्ठभूमिका भएको खुलेको छ ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

मृत्यु हुने रोबस राई र पुजन राई फरकफरक समूहका हुन् । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये एक जना खाजा पसल सञ्चालक विजय राई रहेका छन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका विजय अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् ।

लागुऔषध मुद्दामा उनलाई थानकोट प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको थियो ।

घटनाको थप विवरण प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।