Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
April 5, 2024 समाज

सुनसरीमा थप ३ पालिकामा निषेधाज्ञा जारी

By साझासवाल

चैत २३, काठमाडौँ | सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । प्रहरीले अहिलेसम्म चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरिसकेको छ । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा  अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन उल्लेख छ । सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबिच बढेको विवादले उग्ररुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।