२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिँडेरै अस्पताल गएकी युवतीको मृत्यु भएपछि…

२०८०, ३० चैत्र शुक्रबार ०७:३७

चैत ३०, सुर्खेत । सुर्खेतमा हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। दैलेखको आठबीस नगरपालिका- ५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको छ ।


सामान्य पेट दुखेपछि उनी बिहीबार कर्णाली प्रदेश अस्पताल भर्ना भएकी थिइन् । तर, चिकित्सकहरुले पाठेघरमा समस्या भएको र सफा गर्नुपर्ने बताएका थिए । पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै दिउँसो ३ बजेतिर अस्पतालले उनलाई एक्कासी मृत घोषणा गरेको उनको आफन्तको दाबी छ । मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले हिँडेर अस्पताल गएकी भाइ बुहारीको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै नभएको बताए ।

परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेको उनको भनाइ छ । यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् । भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेको छ । आफन्तहरूले घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग गरेका छन् ।प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने