२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युद्धका बीच उठ्यो नेतान्याहुविरुद्ध छानबिनको माग

२०८१, ४ बैशाख मंगलवार ०६:०४

बैशाख ४, काठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको माग भइरहेको छ ।  मुभमेन्ट फर क्वालिटी गभर्नमेन्ट नामक संस्थाले नेतान्याहुलाई अर्बपति साथीको बंगलामा बसेको आरोप लगाएको छ ।

हमासको हमलापछि नेतान्याहु आफ्ना अमेरिकी साथी साइमन फेलिक्सको आलिशान बंगलामा बस्दै आएका थिए । इजरायलमा कुनै पनि सार्वजनिक कर्मचारीले महँगो उपहार स्वीकार गर्न गैरकानूनी छ । नेतान्याहुका अर्बपति साथीको बंगलामा बस्नु महँगो उपहारको रुपमा व्याख्या गरिएको छ ।


नेतान्याहूका साथि फेलिक्स मूलतः एक कट्टर यहूदी भएको र अमेरिकी नागरिकता धारण गर्दछन् । उनी 'ड्युटी फ्री अमेरिका'का अध्यक्ष हुन् । यस कम्पनीको ड्युटी फ्री स्टोरहरू विश्वका करिब २०० एयरपोर्टहरूमा छन् । यसबाहेक उनी एउटा ठूलो वाइन कारखानाका मालिक हुन् । सन् २०१९ मा यस विषयमा ठूलो विवाद भएको थियो । त्यसपछि युरोपियन युनियनले उत्पादन चिन्हको सम्बन्धमा यसविरुद्ध मुद्दा दायर गरेको थियो ।

अर्को विवाद फेलिक्ससँग जोडिएको थियो र त्यसपछि उनी पहिलो पटक विश्व मिडियाको हेडलाइनमा आए ।  त्यसबेला यो दाबी गरिएको थियो कि फेलिक्सले वेस्ट बैंकको बस्तीहरूमा लगानी गरेको थियो जुन इजरायलले अवैध रूपमा कब्जा गरेको थियो र त्यहाँ बस्ने प्यालेस्टिनीहरूलाई निष्कासित गरेको थियो । यसै वर्षको सुरुमा इजरायल सरकारले उनलाई ‘जेरुसेलम अवार्ड फर डेभलपमेन्ट’ले सम्मान गरेको थियो ।

फेलिक्स परिवारले नेतन्याहुको पार्टीलाई पनि चन्दा दिने गरेको केही रिपोर्टले बताएको छ । फेलिक्स परिवारको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि मैत्रीपूर्ण र व्यापारिक सम्बन्ध छ । नेतन्याहुमाथि फेलिक्स र केही धनी व्यापारीहरूबाट महँगो उपहार लिएको आरोप लगाइएको छ। यसबाहेक प्रतिपक्षमा रहँदा व्यक्तिगत विदेश भ्रमणमा गएको र त्यसको खर्च पनि यही व्यवसायीले नै बेहोरेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने